इन्टलेक्चुअल एकेडेमीको सन्देशमुलक तीजगीत सार्वजनिक

1.3K

इन्टलेक्चुअल एकेडेमीको सन्देशमुलक तीजगीत सार्वजनिक

बुटवल उपमहानगरपालिका ११ देवीनगरमा रहेको इन्टलेक्चुअल एकेडेमीले सचेतनामूलक सन्देश (तीज गीत) बिमोचन गरेको छ । सोमबार विद्यालयमा एक कार्यक्रमका बिचमा सचेतनमूलक सन्देश सार्वजनिक गरिएको हो ।
साना बालबालिकामा सामाजिक सञ्जालले ल्याउन सक्ने बिखण्डन रोक्नको लागि सन्देश मुलक तीजको भाकामा गित सार्वजनिक गरिएको हो । गीतको सार्वजनिक कार्यक्रममा बोल्दै विद्यालय सञ्चालक समितिका अध्यक्ष गोविन्दप्रसाद मरासिनीले संस्कृतिसंग जोडिएको तीजका गीतमा मौलिकता हराउँदै गएको र छाडापन मौलाउँदै गएको बताउनु भयो । उहाँले संस्कार र संस्कृतिको संरक्षण र साना बालबालिकामा एउटा सन्देश दिनको लागि गीत सिर्जना गरिएको बताउनु भयो ।
त्यस्तै विद्यालयका संस्थापक अध्यक्ष डा. कृष्ण खरेलले हाम्रो संस्कार र संस्कृतिको संरक्षण आजको प्रमुख आवश्यकता बनेको बताउनु भयो । उहाँले बालबालिकामा राम्रो संस्कारसंगै संस्कृतिको बारेमा जानकारी हुनेगरी विद्यालयले अतिरिक्त शिक्षण गर्दै आएको भनाई राख्नुभयो ।

सामाजिक सञ्जालको दुरुपयोगले नकारात्मक प्रभाव र आमाहरुले ध्यान दिनुपर्ने कुराहरुलाइ समावेश गरिएको विद्यालयका प्रबन्ध निर्देशक रामराज पोख्रेलले बताउनु भयो । गीतलाई विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोविन्दप्रसाद मरासिनी, सस्थापक अध्यक्ष डा. कृष्ण खरेल, विद्यालयका प्रबन्ध निर्देशक पोख्रेल लगायतले सोमबार औपचारिक रुपमा सार्वजनिक गर्नुभएको हो ।
१२ मिनेट लामो गितमा कोरियोग्राफर विद्यालय शिक्षक नबिना पाण्डे मगर रहनु भएको छ भने निहारिका फिल्मस् प्रा.लि.को व्यानरमा गित सार्वजनिक गरिएको हो । कार्यक्रम सञ्चालन बिद्यालयकी काेर्डिनेटर माया पौडेलले गर्नुभएको थियो ।