पंकज फुड प्राइभेट लिमिटेडद्वारा सञ्चालित युएस पिज्जा पहिलाे शाखा बुटवलको होराइजन चोकमा सञ्चालनमा आएको छ । चार वर्ष अघि भैरहवामा सञ्चालनमा आएकाे पंकज फुडले सफलतासंगै बुटवल उपमहानगरपालिका वडा नं. ११ हाेराईजन चाेकमा पहिलो शाखा सञ्चालन गरेकाे हाे ।
युवा व्यवसायी पंकज जैसवाल र पत्नी कुमारी कृष्ण जैशवालले सञ्चालन गरेकाे युएस पिज्जाकाे पहिलाे शाखाकाे बुधबार ओैपचारिक रुपमा शुभारम्भ गरिएकाे छ ।
उक्त शाखाकाे उद्घाटन समारोहमा प्रदेश युवा परिषद लुम्बिनीका उपाध्यक्ष गोबिन्द केसीले पछिल्लाे समय पलायन भईरहेकाे युवा व्यवसायीलाई रोक्नलाई र युवालाई स्वरोजगार अभिबृद्धि गर्ने काममा एउटा ईटा थपिएकाे बताउनु भयाे ।
पंकज जैशवालले बनारस हिन्दु विश्वविद्यालयबाट एमबिए सम्मको पढाइ सकाएर स्वदेशमै व्यवसाय गर्ने उदेश्यले पत्नी कुमारीलाई मुम्बई पठाएर पिज्जाको परिकार बनाउने तालिम दिलाउनु भएकाे थियाे ।
पंकज दम्पत्तीकाे लगानीमा चारवर्ष अघि युएस पिज्जा सञ्चालनमा आएकाे थियाे । युएस पिज्जामा भेज, चिकन पिज्जा, बर्गर, फ्राई चिकन, पास्ता, राइस बल, बिर्यानी, ट्याकोस, र्याव, स्याण्ड विच, चिकन विङ्स, फ्रेन्च फ्राई, नुडल्स, मोमोका परिकार, कोल्ड कफी, हट कफी, सेक लगायत परिकार उपलब्ध रहेको जैसवाल बताउनुहुन्छ ।