पश्चिम नवलपरासीमा रुखले च्यापेर महिलाको मृत्यु भएको छ । पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा शनिबार दिउँसो ३ बजेको समयमा स्थानीय श्रृष्टी सामुदायिक वनभित्र रहेको घोलामा माछा मार्ने क्रममा सुकेको सिसौको रुख ढल्दा च्यापिएर स्थानीय पार्वती चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
श्रीमान् बिशाल चौधरी सहित माछा मार्न गएकी २७ वर्षिया पार्वतीलाई सुकेको सिसौको रुख ढलेर गर्दनमा चोट लागेको थियो । घाइते उनलाई चिसापानी अस्पताल बर्दघाटमा पुर्याइएको र उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहारी कार्यालय नवलपरासीले जनाएको छ ।