बुटवल अटाे ईञ्जिनियरिङ एशाेसियशनकाे अध्यक्षमा प्रेम गाैचन निर्वाचित

1.3K

बुटवल अटाे ईञ्जिनियरिङ एशाेसियशनकाे अध्यक्षमा प्रेम गाैचन निर्वाचित

बुटवल अटाे ईञ्जिनियरिङ एशाेसियशन रुपन्देहीकाे अध्यक्षमा प्रेम गाैचन निर्वाचित हुनुभएकाे छ । साेमबार भएकाे निर्वाचनमा अध्यक्षमा निर्वाचित गाैचनले २४७ मत प्राप्त गर्नुभएकाे छ भने उहाँका प्रतिस्पर्धी तुलसीराम न्याैपानेले २३० मत प्राप्त गर्नुभएकाे निर्वाचन समितिले जानकारी गराएकाे छ ।
बुटवल अटाे ईञ्जिनियरिङ एशाेसियशनमा नेतृत्व लिनकाे लागि दुई प्यानल प्रतिस्पर्धामा थिए । जसमा अधिकांस पदमा गाैचन नेतृत्वकाे प्यानलका उम्मेद्वार विजयी भएका छन् ।
एशाेसियशनकाे उद्याेग उपाध्यक्षमा २४२ मत सहित ध्रुवराज भुसाल र वाणिज्य उपाध्यक्षमा २५५ मत सहित बाबुराम आचार्य निर्वाचित हुनुभएकाे छ । महासचिव पदमा २५२ मत सहित पुनित पाेखरेल निर्वाचित हुनुभएकाे छ ।
काेषाध्यक्ष पदमा २८१ मत सहित नमराज सुवेदी, सचिव पदमा २४१ मत सहित मनिस पाण्डे र सहकाेषाध्य पदमा २५० केशवराज भण्डारी निर्वाचित हुनुभएकाे छ ।
त्यसैगरी कार्यकारिणी सदस्यमा गाेपालप्रसाद घिमिरे, यज्ञप्रसाद पाण्डे, यदुमणी पंगेनी, सुर्यनारायण महताे, विजय पाण्डे, गुरुप्रसाद भट्टराई, हिमालकुमार श्रेष्ठ र गणेश तिमिल्सिना निर्वाचित हुनुभएकाे छ ।
त्यसैगरी लेखा समितिकाे संयाेजकमा २६४ मत सहित राेषन पाण्डे निर्वाचित हुनुभएकाे छ । उहाँका प्रतिस्पर्धी नारायणप्रसाद ज्ञवालीले २१० मत प्राप्त गर्नुभएकाे छ । लेखा समितिकाे सदस्य पदमा नारायणप्रसाद खनाल र अरुणकुमार अर्याल निर्वाचित हुनुभएकाे छ ।