नेपाल रेडक्रस सोसाईटी रुपन्देहीले ब्लड बैंक सफ्टवेयर तथा मोवाईल एप सञ्चालनमा ल्याएको छ । सञ्चार प्रबिधिको बढ्दो प्रयोगसंगै रक्त सञ्चार सेवालाई पनि अत्याधुनिक, व्यवस्थित, मितव्यायी, जवाफदेहिता, पारदर्शी तथा डिजिटल रुपमा सञ्चालन गर्न सफ्टवयेर र मोवाईल एप सञ्चालनमा ल्याईएको नेपाल रेडक्रस सोशाईटि रुपन्देहीका सभापति दीपक क्षेत्री न्यौपानेले जानकारी गराउनु भयो ।
रक्त सञ्चार सफ्टवयर अन्तरगत सम्पुर्ण टाडावेश, रक्तदान गरेका व्यक्तिलाई धन्यवाद, जन्मदिनमा शुभकामना सहित एसएमएस नोटिफिकेसन, स्वचालित विलिङ सिस्टम र विल प्रिन्ट गर्न मिल्ने, व्यक्तिगत युजर तथा पासवर्ड, ल्याव रिर्पोट, डोनर कार्ड, सर्टिफिकेट तथा नगद भौचर ईमेल मार्फत पठाउन मिल्ने नेपाल रेडक्रस सोशाईटि रुपन्देहीका कोषाध्यक्ष तथा यो कार्यक्रमका संयोजक सुशिल गुरुङले जानकारी गराउनु भयो ।
त्यसैगरी उहाँका अनुसार रगत एक्सपाईरी अर्लाम सिस्टम, अनलाईन एक्सेस, निरीक्षण तथा नियन्त्रण हुने तथा रक्तदाताको नाम, सम्पर्क नम्बर पनि उपलब्ध हुने छ । मोवाईल एपलाई समयसापेक्ष बनाउन सुझाव सल्लाह अनुसार परिमार्जन गर्दै लगिने पनि उहाँले बताउनु भयो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी लुम्बिनी प्रदेश सभापति लालप्रसाद पंगेनीले सफ्टवयेर र मोवाईल एपले रक्त सञ्चार र रक्तदान अभियानलाई थप प्रभावकारी बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
सोशाईटीका अनुसार रक्त सञ्चार सेवा केन्द बुटवल र भैरहवा मार्फत ४५० बढी सरकारी तथा गैरसरकारी संघसस्थाहरुको सहयोग तथा २८ बटा पालिकाहरुसंग निःशुल्क रगत प्रदान गर्ने सम्झौता भएको छ । त्यस्तै वार्षिक सरदर ३२ हजार प्रिन्ट रगत संकलन तथा आपूर्ति हुँदै आएको छ ।
नेपाल रेडक्रस सोसाईटी रुपन्देहीकी उपसभापति रुपमाकुमारी हिराचन, मन्त्री रामचन्द्र उपाध्याय, उपमन्त्री अर्जुनराज उपाध्यायले ब्लड बैंक सफ्टवेयर तथा मोवाईल एपको बारेमा जानकारी गराउनु भएको थियो ।