दुर्घटनामा ज्यान गुमाएका पश्चिम नेपाल बस व्यवसायी प्रा.लि. अन्तरगत सञ्चालित सवारी साधनका सहचालक पश्चिम नेपाल बहुउदेश्यीय सहकारी संस्थाका शेयर सदस्य स्व. सन्तोष बिकको परिवारलाई बीमा वापतको रकम हस्तान्तरण गरिएको थियो ।
बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, पश्चिम नेपाल बस ब्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल, सगरमाथा लुम्बिनी ईन्सुरेन्स कम्पनी लिमिटेडका प्रदेश प्रमुख विश्वदिपक नेपालले बिकका श्रीमती बिबिता श्रीष र छोरा कुशल सुनार (नाबालक) लाई १५ लाख रुपैया रकम हस्तान्तरण गर्नुभएको हो ।
वडा दशैं, दीपावली, नेपाल संवत्, छठ लगायतका पर्वहरुको अवसरमा संघले आईतबार कार्यालयमा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा यातायात व्यवसायीले यातायात व्यवसायीका लागि सडक सञ्जाल चुनौतीपूर्ण बनेको गुनासो गरेका थिए । सुरक्षित यात्राको लागि सडक संजाल चुनौती बनेको यातायात ब्यवसायीहरुले गुनासो गरेका छन ।
उनीहरुले चाडपर्वमा हुने गरेको अपराधिक घटना र ठगी रोक्न आवश्यक रहेको बताउँदै चाडपर्वमा हुने गरेको अपराधिक घटना र ठगी रोक्न सबै चनाखो बन्नु पर्ने बताए ।
कार्यक्रमा बोल्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले स्थानीय सरकार नगरबासीहरुको सुविधा र सेवालाई प्राथमिकतामा राखेर काम गर्दै आएको दाबी गर्नुभयो । उहाँले चाडपर्वमा हुने गरेको अपराधिक घटना र ठगी रोक्ने गरि विभिन्न सरोकारवाला निकायहरुसंग सहकार्य गरिएको जानकारी गराउनु भयो ।
पश्चिम नेपाल बस ब्यवसायी प्रा.लि.का अध्यक्ष दधिराम खरेलले आम व्यवसायीहरुको हकहितसंग उपभोक्ताहरुको सुविधाको विषयमा संस्था सधै गम्भिर रहेको बताउनु भयो ।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक विजयराज पण्डितले शान्तिसुरक्षाको विषयको गलत भाष्य बनाउन नहुने बताउँदै बढी भाडा लिने, क्षमताभन्दा बढि सवारी चढाउने जस्ता गुनासोप्रति विशेष चासो दिएर रोक्नेतर्फ आफुहरु लागेको बताउनु भयो ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले चाडबाडको बेला यात्रुको सुरक्षालाई ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो ।