बुटवलमा मंगलबारदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता : तयारी पुरा

1.3K

बुटवलमा मंगलबारदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता : तयारी पुरा

बुटवलमा यही पुस १६ गते मंगलबारदेखि छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । नगर खेलकुद विकास समिति बुटवलले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी यही पुस १६ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी बारे जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले बुटवलमा सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले देशभर नयाँ सन्देश दिने बताउनु भयो । शिक्षा, स्वास्थ्यसँगै खेलकुदका माद्यमबाट पनि बुटवललाई चिनाउने उदेश्यले उपमहानगरपालिकाले खेलकुद क्षेत्रमा उल्लेख्य बजेट छुट्टयाइएको बताउदै नगर प्रमुख पाण्डेयले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भब्य रूपमा सम्पन्न गर्न कुनै कसर बाँकी नराख्न निर्देशन समेत दिनुभयो ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितासहित नगरमा सञ्चालन हुने अन्य खेलकुद प्रतियोगिताका लागि पर्याप्त बजेट छुट्टयाइएको भन्दै उहाँले प्रतियोगिताहरू भब्य र सभ्य रूपमा सम्पन्न गर्न बजेटको कमि हुन नदिने प्रतिवद्वता ब्यक्त गर्नुभयो ।
आफ्नो कार्यकालमा जवई खेलमैदान सहित चारवटा खेलमैदानलाई राष्ट्रिय स्तरका प्रतियोगिता सञ्चालन गर्न सकिने गरी स्तरोन्नतीको काम भइरहेको जानकारी गराउदै उहाँले शिक्षा र स्वास्थ्य सहित खेलकुदको माद्यमबाट पनि बुटवललाई चिनाउने गरी काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुयभयो ।
नगर खेलकुद विकास समितिका अध्यक्ष बोनिन पियाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत छात्र÷छात्रा भलिबल,छात्र÷छात्रा कबड्डी, छात्र÷छात्रा कराते, तेक्वान्दो र एथलेटिक्स प्रतियोगिता हुने जानकारी दिनुभयो । प्रतियोगितामा नगर भित्रका ४६ विद्यालयका एक हजार पाँच सय बढी विद्यार्थी सहभागि हुने पनि अध्यक्ष पियाले बताउनु भयो ।
रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत बिभिन्न बिधामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालय तथा विद्याथीहरुलाई नगद पुरस्कार, शिल्ड, प्रमाण पत्र, मेडल प्रदान गरिने नगर खेलकुद विकास समितिका सदस्य लालहरी पाण्डेले जानकारी दिनुभयो ।