गुल्मीको मदाने गाउपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुवँरले बुटवलमा मेरुदण्डको उपचार गराईरहेका पालिका निवासी दुई जनालाई उपचारमा आर्थिक सहयोग प्रदान गर्नुभएको छ । उहाँले बुटवलमा मेरुदण्डको उपचार गराईरहेका मदाने गाउँपालिका वडा नं. ६ तल्लो डडुवा निवासी रामप्रसाद घिमिरे र वडा नं. ५ पटौटी निवासी जगतबहादुर खड्काको उपचारका लागि जनही १० हजार रुपैंया सहयोग प्रदान गर्नुभएको हो ।
मदाने गाउँपालिका वडा नं. ७ का अध्यक्ष सन्तोष केसीका अनुसार घिमिरेको बुटवलको जनजीवन फिजियोथेरापी र खड्काको मेडिटेक अस्पताल बुटवलमा मेरुदण्डको उपचार भईरहेको छ । उनीहरु दुबै जनाको घरको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेकाले उपचारमा केही भएपनि सहयोग होस् भन्ने उद्देश्यले बिहिबार अस्पतालमै पुगेर दुवैजनालाई स्वास्थ्यलाभको कामना सहित आर्थिक सहयोग प्रदान गरिएको अध्यक्ष कुवँरले बताउनु भयो ।
नेपाली काँग्रेस मदाने गाउँपालिकाका सभापति समेत रहनु भएका कुवँरले पालिकाको अध्यक्षमा निर्वाचित भएपछि आफूले पालिकाबाट पाउने सेवा सुविधा वापतको रकम सिधै पार्टीको खातामा जाने र उक्त रकम पार्टी समितिको निर्णयमा स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा खर्च हुँदै आएको छ । सोही अनुसार नै मेरुदण्ड भाचिएर उपचार गराईरहेका दुई जनालाई आर्थिक सहयोग प्रदान गरिएको अध्यक्ष कुवँरले जानकारी गराउनु भयो ।