नेपाल भ्यालुयर्स एशाेसियशनकाे स्थापना दिवसमा रक्तदान

1.3K

नेपाल भ्यालुयर्स एशाेसियशनकाे स्थापना दिवसमा रक्तदान

नेपाल भ्यालुयर्स एशाेसियशन लुम्बिनीकाे स्थापना दिवसमा रक्तदान कार्यक्रम गरिएकाे छ । संस्थाकाे १४  औं स्थापना दिवसकाे अवसरमा बुधबार बुटवलमा रक्तदान कार्यक्रम गरिएकाे हाे ।
रक्तसञ्चार सेवा केन्द्र बुटवलमा गरिएकाे कार्यक्रममा ३१ जनाले रक्तदान गरेकाे एशाेसियशनका प्रदेश सचिव अमित खनालले जानकारी गराउनुभयाे ।
एशाेसियशनका लुम्बिनी प्रदेश अध्यक्ष गाेविन्द पंगेनीकाे अध्यक्षता तथा केन्द्रीय उपाध्यक्ष यमलाल पाण्डेकाे प्रमुख अतिथ्यतामा भएकाे कार्यक्रममा संस्थापक अध्यक्ष शैलेन्द्रप्रसाद श्रेष्ठ, सल्लाहकार दुजेन्द्र बस्नेत, टंक कंडेल लगायतले शुभकामना व्यक्त गर्नुभएकाे थियाे ।

कार्यक्रममा संस्थाका पदाधिकारी सदस्य तथा शुभचिन्तकहरुकाे सहभागिता रहेकाे थियाे ।
स्थापना दिवसकै अवसरमा बाकेकाे नेपालगञ्जमा पनि अन्तरक्रिया कार्यक्रम गरिएकाे बताईएकाे छ ।