तिलोत्तमा नगरपालिकाको ड्राईभरटोल स्थित नवजीवन फिजियो रिह्याव सेन्टर र लायन्स क्लव अफ बुटवल इलाईटको सहकार्यमा मेरुदण्डकाे समस्या र स्ट्रोक पेसेन्टका बिच ५ सय मिटर दौड कार्यक्रम गरिएको छ । ‘हरेक पाईला जीवनको उत्सव’ भन्ने नारासहित आयोजना गरिएको दौड कार्यक्रममा २६ जना सहभागि थिए ।
मेरुदण्डको समस्या र स्ट्रोकका कारण शारीरिक असक्त भएकाका लागि साथ दिने समाजमा कोही त छ है भनेर उनीहरुको आत्मविश्वास बलियो बनाउनको लागि मैत्रीपूर्ण दौड कार्यक्रम गरिएको नवजीवन फिजियो रिह्याव सेन्टरका अध्यक्ष दिपु केसीले बताउनु भयो ।
दौड कार्यक्रममा सहभागि सबैलाई मायाँको चिनो प्रदान गरिएको लायन्स क्लव अफ बुटवल इलाईटका अध्यक्ष अरुण ज्ञवालीले जानकारी गराउनु भयो । असक्तलाई प्रदान गरिने साथ, सद्भाव र मायाँले आत्मविश्वास र हौसला वृद्धि भई उनीहरुको उत्साह बढाउनको लागि सामाजिक उत्तरदायित्व बहन गरी कार्यक्रम गरिएको उहाँले बताउनु भयो ।
कार्यक्रममा लायन्स क्लव अफ बुटवल इलाईटका पदाधिकारी तथा सदस्यहरु सहित नवजीवन फिजियो रिह्याव सेन्टरका प्रवन्ध निर्देशक आशिक ढकाल, वरिष्ठ फिजियोथेरापिस्ट मिलन केसी लगायतकाे सहभागिता रहेकाे थियाे ।

