नेपाल औषधि थोक विक्रेता संघ रुपन्देहीको अध्यक्षमा कृष्ण जिसीलाई चयन गरिएको छ । संघको हालै सम्पन्न दोस्रो साधारण सभा तथा पहिलो अधिवेशनले जिसीको अध्यक्षतामा सर्वसम्मत सात सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
नवनिर्वाचित समितिको उपाध्यक्षमा सुदिप पाण्डे, सचिवमा मनिलाल तिवारी र कोषाध्यक्षमा महेशराज पन्थीलाई चयन गरिएको छ । त्यसैगरी कार्यसमिति सदस्य पदमा महेश बिष्ट, सरोज घिमिरे र भेषराज ओस्तीलाई चयन गरिएको हो ।
रुपन्देहीको देवदहमा भएको कार्यक्रममा नेपाल औषधि थोक व्यवसायी संघ लुम्बिनीका पुर्व वरिष्ठ उपाध्यक्ष बुद्धिप्रसाद ज्ञवाली, केन्द्रीय सदस्य सरदराज शर्मा, प्रदेश अध्यक्ष श्री तुफान बाबु श्रेष्ठ, नेपाल आयुर्वेद उत्पादक संघ केन्द्रिय वरिष्ठ उपाध्यक्ष चन्द्रकान्त खनाल, नेपाल औषधि थोक व्यवसायी संघ लुम्बिनी प्रदेश सचिव बिक्रम कुवँर, छत्रकुमार क्षेत्री, सल्लाकार महेशकुमार श्रेष्ठ लगायत सदस्यहरुको सहभागिता रहेको थियो ।