स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएका रुपन्देहीका चार क्याम्पस मध्ये तीनमा नेपाल विद्यार्थी संघ तथा एकमा अखिल र अखिल क्रान्तिकारीको संयुक्त प्यानलका उम्मेद्वाद विजयी भएका छन् ।
स्ववियुको निर्वाचन हुने रुपन्देहीका १२ मध्ये मंगलबार चार वटामा मात्रै निर्वाचन भएको हो । एउटामा भने सर्वसम्मत भएको छ । स्ववियुको निर्वाचन भएका सियारीको लिलाधर जनता कजेल र सुद्धोधनको यज्ञोदय दुधनाथ थारु बहुमुखि क्याम्पसमा नेपाल विद्यार्थी संघको प्यानल नै विजयी भएको छ ।
कञ्चनको हरैया बहुमुखि क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानल विजयी भएको छ भने सैनामैनाको शहिद नारायण पोखरेल रामापुर क्याम्पसमा अखिल र अखिल क्रान्तिकारीको संयुक्त प्यालन विजयी भएको छ । देवदहको देवदह आदर्श बहुमुखि क्याम्पसमा स्ववियुको सिंगो टिम नै निर्बिरोध निर्वाचित भएको छ ।
स्ववियुको निर्वाचन हुने त्रिभूवन विश्वविद्यालयका दुई आंगिक क्याम्पस सहित ७ वटामा विद्यार्थी संगठन विचको विवादका कारण निर्वाचन स्थगित भएको छ ।
विद्यार्थी संगठनहरु विवाद र तालाबन्दिका कारण रुपन्देहीका मुख्य त्रिविका आंगिक क्याम्पस धेरै विद्यार्थी भएको बुटवल बहुमुखि क्याम्पस, भैरहवा बहुमुखी क्याम्पस, पक्लिहवा कृषि क्याम्पस तथा सम्बन्धन पाएका लुम्बिनी वाणिज्य क्याम्पस, सिद्धार्थ गौतम बुद्ध क्याम्पस, राममणि बहुमुखी क्याम्पस र सरस्वती संस्कृत विद्यापीठमा निर्वाचन रोकिएको हो ।