अष्ट्रेलिया सहित विभिन्न देशमा अध्ययनका लागि जान चोहेका विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आएको काठमाण्डौको बागबजारको निर्भाना काउन्सिलिङले पहिलो शाखा बुटवलमा स्थापना गरेको छ । बुटवलको मिलनचोकस्थित सिटि सेन्टरमा स्थापना गरिएको उक्त शाखाको शुक्रबार बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले उद्घाटन गर्नुभयो ।
त्यस अवसरमा बोल्दै उहाँले पूर्वीय दर्शन र बौद्ध शिक्षाको लागि नेपाल उर्वर भूमि रहेको बताउँदै त्यसका लागि विदेशी विद्यार्थीलाई आकर्षण गर्न सकियो भने त्यसबाट पनि लाभ लिन सकिने बताउनु भयो । ‘शिक्षामा अहिले वान वे ट्राफिकिङ् जस्तो भयो, उताका विद्यार्थी यता पनि ल्याउन सकियो भने टु वे ट्राफिकिङ हुन सक्छ ।’ उहाँले भन्नुभयो–‘नेपालमा पूर्वीय दर्शन र बौद्ध शिक्षाका लागि पनि नेपालमा विद्यार्थी भित्र्याउन सकिन्छ, त्यसतर्फ पनि तपाईहरुले ध्यान दिनुपर्छ ।’

पूर्वीय दर्शन र बौद्ध शिक्षामा राम्रो सम्भावना पनि भएकाले सरकारले पहल गर्न जरुरी रहेको बताउँदै उहाँले विदर्शी विद्यार्थीलाई नेपाल अध्ययनका लागि नेपाल ल्याउन सकियो भने त्यसबाट राम्रो लाभ लिन सकिने भनाई राख्नुभयो ।
कार्यक्रममा ईक्यान रुपन्देहीका अध्यक्ष गिरिराज पाण्डे, ईक्यान रुपन्देहीका पूर्वअध्यक्ष देवबहादुर कुँवरले शिक्षा मन्त्रालयको स्वीकृतिमा मात्रै कन्सल्टेन्सी सञ्चालन गर्न पाईने प्रावधान रहेकाले मापदण्ड पुरा गरी शिक्षा मन्त्रालयबाट स्वीकृति लिएका कन्सल्टेन्सीबाट मात्रै परामर्श सेवा लिन विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । उहाँले एजुकेशन कन्सल्टेन्सीले विदेश पढ्न जानेका लागिमात्र नभई स्वदेशमै अध्ययन गर्नेहरुका लागि पनि परामर्श सेवा प्रदान गरिने भनाई राख्नुभयो ।
त्यस अवसरमा निर्भानाका सञ्चालक शिव त्रिपाठीका अनुसार सन् २०१४ मा काठमाण्डौको बागबजारमा निर्भाना काउन्सिलिङ् स्थापना गरिएको जानकारी दिँदै ११ वर्षको अन्तरालमा बुटवलमा पहिलो शाखा विस्तार गरिएको हो । विशेषगरी अष्ट्रेलियाका लागि काम गर्ने निर्भानाले त्यसबाहेक अमेरिका, क्यानडा, युके, जर्मनी लगायतका देशमा जान चाहेका विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्ने गरिएको उहाँले जानकारी गराउनु भयो ।
हालसम्म निर्भाना मार्फत १ हजार बढी विद्यार्थीलाई बाहिर गईसकेका छन् । त्यसको ८० प्रतिशत विद्यार्थी अष्ट्रेलिया गएको उहाँले बताउनु भयो । निर्भानाले काठमाण्डौकै गुणस्तरमा आईईएलटिएस र पिटिई कक्षासंगै परामर्श सेवा प्रदान गरिने बुटवल शाखाका प्रवन्धक महेन्द्र लुईटेलले बताउनु भयो ।