निजी विद्यालयमा धमाधम भर्ना : सरकारी विद्यालय बन्द गरेर शिक्षक आन्दोलनमा

1.3K

निजी विद्यालयमा धमाधम भर्ना  : सरकारी विद्यालय बन्द गरेर शिक्षक आन्दोलनमा

बैशाख १ गतेदेखि विद्यार्थी भर्ना सुरु भएपछि निजी विद्यालयले धमाधम विद्यार्थी भर्ना लिईरहेका छन् । तर सरकारी विद्यालय भने बन्द गरेर शिक्षक आन्दोलनमा उत्रिएका छन् । जसका कारण सरकारी विद्यालयमा भर्ना हुन चाहेका विद्यार्थी समयमै भर्ना हुनबाट वञ्चित भएका हुन् ।
विभिन्न माग सहित आन्दोलनमा उत्रिएका शिक्षकहरुको मागमा सरकारले सुनुवाई नगरेका कारण १३ दिनदेखि निरन्तर शिक्षकहरुको काठमाण्डौमा आन्दोलन चलिरहेको छ । शिक्षा मन्त्रालयले गरेको वार्ताको प्रयास समेत सफल हुन सकिरहेको छैन । शिक्षा मन्त्रालयले राखेका प्रस्तावमा नेपाल शिक्षक महासंघ सकारात्मक नभएका कारण वार्ता अगाडि बढ्न नसकेको हो ।