लुम्बिनी प्रदेश सरकारले प्रदेश सभाको अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको बैठकले यहि बैशाख ३१ गते दिउँसो १ बजेका लागि प्रदेश सभाको छैठौं अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रदेश सभाको पाँचौं अधिवेशन गत फागुन ७ गते अन्त्य गरिएको थियो ।