ट्रायम्फ मोटरसाईकलका २ ब्राण्ड बुटवलमा लञ्च

1.3K

ट्रायम्फ मोटरसाईकलका २ ब्राण्ड बुटवलमा लञ्च

ट्रायम्फ ब्राण्डको मोटरसाईकलको विक्रि बुटवलबाट शुरु भएको छ । ट्रायम्फ नेपालले शुक्रबार बुटवलको कालिकानगरमा आधिकारिक डिलर बश्याल अटो कर्पको शोरुम उद्घाटनसंगै विक्रि वितरण शुरु गरिएको हो । शोरुमको उद्घाटन गर्दै बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले लुम्बिनी प्रदेशकै आर्थिक केन्द्र बुटवलबाट विश्वप्रसिद्ध मोटरसाइकल ब्रान्ड ट्रायम्फको डिलर सञ्चालनले मोटरसाइकल पारखीहरुलाई खरिद गर्न सहज हुने बताउनु भयो ।
ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले स्क्र्याबलर ४ सय एक्स र स्पीड ४ सय गरी दुई मोडेलका बाइकहरु इन्जिन, पिकअप र बीएचपीमा अन्य बाइक भन्दा बलिया, उत्कृष्ट इन्जिनियरिङ र सुरक्षित भएको बताउनु भयो । उहाँका अनुसार ६ गियरसहितको इन्जिन, ३७.५ न्युटन मिटर टर्कसहित पिकअप क्षमता र ब्रेक हर्स पावर ३९ रहेकाले जस्तोसुकै सडकमा सहजरुपमा चलाउन सकिने छ ।
उक्त मोटरसाईकलमा इमोबिलाइजर यन्त्र जडान भएकाले कसैले चोरेर लैजान सक्नेछैन । स्क्र्याबलर ४ सय एक्सको सिट हाइट ८३५ एमएम र स्पीड ४०० को सिट हाइट ७९० एमएम रहेको उहाँले बताउनु भयो । दुबै मोडेलका बाइकमा १३ लिटर पेट्रोल ट्यांकी रहेका छन् । स्क्र्याबलर ४ सय एक्स चार रंगमा र स्पीड ४ सय तीन रंगमा उपलब्ध छन् । शो रुम उद्घाटनको पहिलो दिनमै १५ वटा मोटरसाइकल विक्रि भई डेलिभरी भएसँगै स्थानीय ग्राहकको अत्यधिक उत्साह झल्किएको बश्याल अटोकोर्पका सञ्चालक आकर्षक बश्यालले बताउनु भयो । पहिलो दिनमै बाइक राइडरहरूले ट्रायम्फ बाइकलाई अत्यधीक रुचाएर सकारात्मक प्रतिक्रिया दिएपछि आफूहरु उत्साहित भएको उहाँले बताउनु भयो ।
शोरुममा दक्ष जनशक्तिसहित सेल्स, सर्भिस र स्पेयर पाट्र्सको सहज उपलब्धताले अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधा महसुस हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । शोरुम उद्घाटनमा बश्याल अटो कर्पका अध्यक्ष गोपाल बस्याल, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले बोल्दै विश्व प्रसिद्ध ब्राण्डको शोरुम बुटवलमा सञ्चालनमा आउनुले यहांको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताउनु भयो । बेलायतबाट शुरु भएको ट्रायम्फ बाइक पछिल्लो समय भारतबाट उत्पादन र पश्चिम नवलपरासीको भूमहीमा एसेम्बल भइरहेको छ ।