याे वर्षकाे मनसुनी प्रणाली नेपाल भित्रीएकाे छ । याे वर्ष मनसुन भित्रिने सरदर मिति भन्दा १५ दिन अगावै पूर्वी भूभागबाट मनसुन भित्रिएकाे माैषम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार बिहीबार रातीबाट नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भू-भागमा विस्तार भएको छ । जसले कोशी प्रदेशका अधिकांश मौसम केन्द्रहरुमा हल्का देखि मध्यम मनसुनी वर्षा भएको महाशाखाले जनाएकाे छ ।
नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । यस वर्षको मनसुन सरदर मितिभन्दा १५ दिन छिटो नेपाल प्रवेश गरेको छ । जुन, जुलाई, अगस्ट र सेप्टेम्बरलाई मनसुनी अवधि मानिन्छ ।
नेपालका अन्य भू-भागहरूमा मनसुनको प्रभाव विस्तार हुन अझै केही समयमा लाग्ने पनि महाशाखाले जनाएकाे छ । हाल देशको बाँकी भू-भागमा भने पश्चिमी वायू र स्थानीय वायूको प्रभाव यथावत रहेको छ ।
याे मनसुनी अवधिमा देशका अधिकाँस स्थानमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरिएकाे छ भने त्यमध्ये पनि गण्डकी, लुम्बिनीमा बढी वर्षा हुने पूर्वानुमान महाशाखाले गरेकाे छ ।