सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को आज आज सार्वजनिक गर्दैछन् । लुम्बिनी, सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती, मधेश र कोशी प्रदेश सरकारका आर्थिक मामिला मन्त्रीहरुले आय–व्यवको विवरणसहितको बजेट प्रदेश सभामा प्रस्तुत गर्ने तयारी गरेका हुन् ।
केन्द्र सरकारले १५ जेठ, प्रदेश सरकारले १ असार र स्थानीय सरकारले १० असारमा बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था अनुसार बजेट प्रस्तुतीका लागि लुम्बिनीमा दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाईएको छ । लुम्बिनी प्रदेश सरकारले ३२ हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो ।
त्यस्तै सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ कै हाराहारीमा नयाँ बजेट ल्याउने तयारी गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ मा २९ अर्ब २६ करोड ५९ लाख बराबरको बजेट प्रस्तुत गरेको थियो । साँझ ५ बजे बैठक बोलाईएको छ ।
यसैगरी संघीय राजधानीसमेत रहेको बाग्मती प्रदेश सरकारले ६८ अर्ब हाराहारीको बजेट प्रस्तुत गर्ने तयारी गरेको छ । चालु आर्थिक वर्षका लागि बागमतीले ६२ अर्ब ७० करोड बराबरको बजेट ल्याएको थियो । प्रदेश सभाको बैठक दिउँसो ३ बजे बोलाईएको छ । त्यसैगरी मधेश प्रदेश, कोशी प्रदेश, गण्डकी र कर्णाली प्रदेश सरकारले पनि आजै बजेट ल्याउने तयारी गरेका छन् ।