आगामी पुसमा हुन गईरहेकाे नेपाल मेडिकल काउन्सिलकाे सदस्य पदमा बुटवलका हाडजाेर्नी राेग विशेषज्ञ डा. सम्राट पराजुलीले उम्मेद्वारी घाेषणा गर्नुभएकाे छ । उहाँले आज शनिबार बुटवलमा पत्रकार सम्मेलन गरि काउन्सिलकाे सदस्य पदमा उम्मेदवारी घाेषणा गर्नुभएकाे हाे ।
नेपाल मेडिकल काउन्सिललाई डाक्टरमैत्री र पारदर्शी बनाउने, निश्पक्ष व्यावसायिक नियमन, नैतिक र जवाफदेही स्वास्थ्य सेवा तथा काउन्सिललाई प्रादेशिक संरचनामा पुर्याउने याेजना सहित काउन्सिल सदस्यमा उम्मेद्वारी घाेषणा गर्नुभएकाे हाे । नेपाल मेडिकल काउन्सिलमा नयाँ नेतृत्व चयनका लागि काठमाण्डाैं उपत्यका बाहिर पुसकाे ४ र ४ गते तथा काडमाण्डाैं उपत्यका भित्र पुसकाे ११ र १२ गते निर्वाचनकाे मिति तय गरिएकाे छ ।

पत्रकार सम्मेलनमा नेपाल चिकित्सक संघ लुम्बिनीका अध्यक्ष डा. कृष्ण खरेलले डा. सम्राटलाई यस क्षेत्रबाट साझा उम्मेद्वारका रुपमा अगाडि सारिएकाे बताउँदै साथ र सहयाेगका लागि सबैलाई आग्रह गर्नुभयाे । त्यस अवसरमा विभिन्न अस्पतालहरुमा नेतृत्वदायी भूमिकामा रहेका डाक्टरहरुकाे समेत उपस्थितिले डा. सम्राटलाई उत्साहित बनाएकाे थियाे ।
