मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुवरले गम्भीर स्वास्थ्य समस्याका कारण लुम्बिनी मेडिकल कलेज, पाल्पा (प्रभास) मा आईसीयू कक्षमा उपचाररत नवजात शिशुकाे उपचारकाे लागि अभिभावकलाई आर्थिक सहयोग गर्नुभएकाे छ ।
मदाने गाउँपालिका वडा नं. ७ टिमुरखर्क निवासी रमेस र मनिसा परियारको १० दिनको नवजात शिशु जन्मदेखि नै आमाको दूध नखाएको कारण जटिल अवस्थामा उपचाररत छ । कमजोर आर्थिक अवस्थाका कारण उपचार खर्च र दैनिक जीवन धान्न कठिन भइरहेको अवस्थामा अध्यक्ष कुवरले अस्पतालमै पुगेर परिवारको अवस्था बुझ्दै सहयोग हस्तान्तरण गर्नुभएकाे हाे ।
अध्यक्ष कुवरले पालिकाबाट प्राप्त हुने सुविधामध्येकाे रकमबाट नवजात शिशुकाे उपचारकाे लागि १० हजार रुपैंया प्रदान गर्नुभएकाे हाे ।
नेपाली काँग्रेस मदानेका सभापति समेत रहनु भएका अध्यक्ष कुवरले आफू निर्वाचित भएदेखि नै पालिकाबाट पाउने सुविधा वापतकाे रकम पार्टी खातामा जम्मा गर्ने गर्नुभएकाे छ । त्यसरी जम्मा भएकाे रकम पार्टी समितिकाे निर्णयमा पालिकाका गरिव तथा विपन्न परिवारका सदस्यहरुकाे स्वास्थ्याेपचार, शिक्षा लगायतका क्षेत्रमा सहयाेग गर्दै आउनुभएकाे छ ।
त्यसरी नेपाली काँग्रेस पार्टीको खातामा जम्मा भएको रकमबाट अध्यक्ष कुवरले नवजात शिशुको आमा मनिसालाई १० हजार रुपैंयाकाे चेक हस्तान्तरण गर्नुभएकाे हाे । सहयोग हस्तान्तरणका क्रममा अध्यक्ष कुवरले आफू सधै विपन्न तथा संकटमा परेका नागरिकको साथमा रहने प्रतिबद्धता व्यक्त गर्दै नवजात शिशुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयाे ।