निर्वाचन आयोगले आज आईतबार राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागू हुने जानकारी सरकारलाई गराएको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको नेतृत्वमा आयोगको टोलीले आज बालुवाटारमा आयोजित कार्यक्रममा सरकारलाई औपचारिक रूपमा जानकारी गराएको हो ।
कार्यक्रममा आयोगका तर्फबाट निर्वाचन आचारसंहितासम्बन्धी विशेष प्रस्तुतिकरणसमेत गरिएको थियो । आयोगको आज बसेको बैठकले निर्वाचन आचारसंहिता आज राति १२ बजेदेखि लागू गर्ने निर्णय गरेको कार्यवाहक प्रमुख आयुक्त भण्डारीले जानकारी दिनुभयाे ।
कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रिपरिषद्का सदस्यहरू, नेपाल सरकारका मुख्य सचिव तथा गृह मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो ।