रुपन्देहीमा को–को हुन काँग्रेसका उम्मेदवार ?

1.3K

रुपन्देहीमा को–को हुन काँग्रेसका उम्मेदवार ?

विशेष महाधिवेशनपछि अलमलिएको नेपाली काँग्रेसले देरभर को–को लाई टिकट दियो भन्ने चासो सर्बत्र छ । पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा काँग्रेसका उम्मेदवार को–को हुन भन्ने उत्तिकै चासो छ । अरु दलहरुले उम्मेद्वार चयन गरेर प्रचारमा सरिक भईसक्दा पनि विशेष महाधिवशेनले अल्झाएको काँग्रेसले ढिला गरी उम्मेदवार टुंग्याएको छ ।
पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देही जिल्लामा को–को हुन त काँग्रेसका उम्मेदवार ? नेपाली काँग्रेसले रुपन्देहीको क्षेत्र नं. १ मा क्षेत्रीय सभापति हिरा केसीलाई टिकट दिएको छ । त्यस्तै क्षेत्र नं. २ मा महासमिति सदस्य तथा उद्योगपती चुन्नप्रसाद पौडेललाई टिकट दिएको छ । क्षेत्र नं. ३ मा क्षेत्रीय सभापति सुशिल गुरुङ, क्षेत्र नं. ४ मा आशुतोष मिश्रा र क्षेत्र नं. ५ मा केन्द्रीय सदस्य भरतकुमार शाहलाई उम्मेदवार बनाएको छ ।