रुपन्देही २ मा काँग्रसका पाैडेल र एमालेका पाैडेल बिच प्रतिस्पर्धा

1.3K

रुपन्देही २ मा काँग्रसका पाैडेल र एमालेका पाैडेल बिच प्रतिस्पर्धा

आसन्न प्रतिनिधि सभा निर्वाचनमा रुपन्देही क्षेत्र नं. २ मा दुई पाैडलबिच कडा प्रतिसेपर्धा हुने देखिएकाे छ । रूपन्देही-२ मा काँग्रेस नेता उद्याेगी चुन्नप्रसाद पौडेल र एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेल सहित ३ दर्जन बढीले उम्मेदवारी दर्ता गराएका छन् ।
उनीहरुले बुटवल उपमहानगरपालिका-११ मा रहेको निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् । पहिलाे पटक उम्मेद्वार बनेका काँग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका पौडेल बुटवलका सफल उद्याेगी हुनुहुन्छ ।
एमाले उपाध्यक्ष विष्णु पाैडेल भने यसै निर्वाचन क्षेत्रमा २०६४ देखि लगातार विजयी हुँदै आउनु भएकाे छ । अघिल्लाे निर्वाचनमा भने झिनाे मतान्तरले विजयी हुनुभएकाे थियाे ।
त्यस्तै, रास्वपाबाट सुलभ खरेल र नेकपाबाट सुवास पाण्डेले उमेदवारी दर्ता गराउॅदै छन् । निर्वाचन अधिकृत राजेन्द्र न्यौपानेका अनुसार रूपन्देही-२ बाट नेपाली कम्युनिष्ट पार्टीका विश्वदीप पाण्डे, प्रलोपाका नारायण नगिना, राप्रपाका कर्भिका थापा र स्वतन्त्रसहित ३ दरेजन बढीले उम्मेदवारी दर्ता गराएका छन् ।