आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ देशभरका १६५ निर्वाचन क्षेत्रमा ३ हजार ४८४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । ६८ राजनीतिक दलबाट २ हजार २९७ र स्वतन्त्रतर्फ १ हजार १८७ उम्मेदवार मैदानमा उत्रिएका हुन् । निर्वाचन आयोगका अनुसार अघिल्ला निर्वाचनको तुलनामा यस पटक उम्मेदवारी संख्या उल्लेख्य रूपमा बढेको छ ।
उम्मेदवारमध्ये ३ हजार ८८ पुरुष, ३९५ महिला र अन्य समूहका एक जना छन् । उमेर समूहमा ३६–५० वर्षका उम्मेदवार सबैभन्दा धेरै छन् । यस निर्वाचनमा प्रमुख दलबीच कुनै चुनावी गठबन्धन छैन । कांग्रेस र एमालेले सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका छन् ।
धनुषा–३ मा सबैभन्दा धेरै ४५ र मनाङमा सबैभन्दा कम ५ जनाको उम्मेदवारी परेको छ । अब उजुरी, नाम फिर्ता र अन्तिम नामावली प्रकाशनपछि निर्वाचन चिह्न वितरण गरिने आयोगले जनाएको छ । आयोगका अनुसार निर्वाचन व्यवस्थापनको तयारी पूरा भइसकेको छ ।