मदाने धारापानीकी क्वारीको निधन : पालिका अध्यक्षद्वारा परिवारलाई आर्थिक सहयोग

1.3K

मदाने धारापानीकी क्वारीको निधन : पालिका अध्यक्षद्वारा परिवारलाई आर्थिक सहयोग

गुल्मीको मदाने गाउँपालिका वडा नं. ४ धारापानीकी ६३ वर्षीया क्वारी सुनारकाे निधनभएपछि गाउपालिका अध्यक्ष महेन्द्रबहादुर कुवँरले विपन्न सुनार परिवारलाई राहतस्वरुप आर्थिक सहयाेग प्रदान गर्नुभएकाे छ ।
आर्थिक अवस्था कमजोर रहेको र क्वारीकाे छिमेकी, दाजुभाइ तथा इष्टमित्रहरूकाे सहयोगमा १७ वर्षीया कान्छी छोरी तुलसा सुनारले आमाको काजक्रिया गरेकी थिइन् ।
आमाको निधनले शोकमा परेको परिवारको अवस्थालाई ध्यानमा राखेर मदाने गाउँपालिका अध्यक्ष कुवँरले गाउँपालिकाबाट आफूले प्राप्त गर्ने आर्थिक सुविधामध्येबाट ११ हजार रुपैयाँ सहयोग गर्नुभएको हो ।
नेपाली काँग्रेस मदाने गाउँपालिकाका सभापति समेत रहेका कुवँरले पालिकाकाे अध्यक्षमा निर्वाचित भएदेखिनै आफूले पालिकाबाट प्राप्त गर्ने आर्थिक सुबिधावापतकाे रकम पार्टीकाे खातामा जाने व्यवस्था मिलाउनुभएकाे छ । त्यसरी पार्टीकाे खातामा आएकाे पैसा पार्टी समितिकाे निर्णयमा गरिव विपन्नलाई राहत तथा त्यस्ता परिवारका सदस्यहरुकाे स्वास्थ्याेपचार र शिक्षामा सहयाेग गर्ने गरिएकाे उहाँले बताउनु भयाे ।
साेही अनुसार अध्यक्ष कुवर स्वर्गीय क्वारीको २२औँ पुण्यतिथिको दिन शुक्रबार परिवारको घरमै पुगेर उक्त रकमको चेक छोरी तुलसालाई हस्तान्तरण गर्नुभएकाे हाे ।
चेक हस्तान्तरणका क्रममा अध्यक्ष कुवरले आफू सधै गरिव विपन्न परिवारकाे साथमा रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । स्थानीयले प्राप्त सहयोगले पीडित परिवारलाई केही भएपनि राहत पुगेको बताएका छन् ।