रुपन्देही २ मा चुनावी रणनीति बनाउँदै रास्वपा : निर्वाचन परिचालन समिति गठन

1.3K

रुपन्देही २ मा चुनावी रणनीति बनाउँदै रास्वपा : निर्वाचन परिचालन समिति गठन

आगामी फागुन २१ गत हुने प्रतिनीधि सभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देही क्षेत्र नं. २ मा चुनावी रणनीति सहित निर्वाचन परिचालन समिति गठन गरेको छ । सो पार्टीले पार्टीका नेता गणेश पौडेलको नेतृत्वमा ११ सदस्यीय सचिवालय समिति सहित ५०५ सदस्य निर्वाचन परिचालन मुल समिति गठन गरेको हो । त्यस्तै १६ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको क्षेत्रीय सभापति रमेश लम्सालले जानकारी गराउनु भयो ।
उहाँका अनुसार सचिवालय सचिवमा पार्टीका क्षेत्रीय सचिव बाबुराम अर्याललाई जिम्मेवारी दिइएको छ । निर्वाचन लक्षित चुनावी रणनीतिलाई बल पुग्ने गरि रास्वपा नेता सुदन ज्ञवालीको नेतृत्वमा राजनीतिक सम्वाद तथा प्रशासन संयन्त्र समिती गठन गरिएको छ ।
रुपन्देही क्षेत्र नं. २ मा रास्वपाले सुलभ खरेललाई उम्मेदवार बनाएको छ । यो क्षेत्रबाट मञ्जु भुसाल र अमृता विकलाई रास्वपाले समानुपातिक सूचीमा राखेको छ । पार्टीले अंगाडि सारेका उम्मेद्वारलाई जिताउनको लागि पार्टी केन्द्रले लिएको रणनीति र स्थानीय आवश्यकता अनुसारका रणनीति तय गरेर अगाडि बढ्नेगरी काम भईरहेको केन्द्रीय सदस्य आदित्य आचार्य बताउनु हुन्छ ।
यो निर्वाचन क्षेत्रमा आफूलाई अब्बल ठानेको रास्वपाले नेपाली काँग्रेस र नेकपा एमाले दुबै दललाई प्रमुख प्रतिस्पर्धीको रुपमा लिएको र सोही अनुसार चुनावी नतिजा आफ्नो पक्षमा पार्नेगरी रणनीति तयार गरिएको क्षेत्रीय सभापति लम्सालले बताउनु भयो ।
यस अंगाडि २०७९ को प्रतिनीधि सभा निर्वाचनमा थोरै मतले रास्वपा उम्मेदवार गणेश पौडेल उपविजेता हुनुभएको थियो । पहिले प्राप्त गरेको मतलाई संरक्षण गर्ने र जितका लागि आवश्यक मत बटुल्ने रणनीतिका साथ निर्वाचन क्षेत्रका २३ वटै वडामा कार्यालय स्थापना र वडागत रुपमा निर्वाचन परिचालन समिति गठनको काम भईरहेको प्रचार प्रसार समिती संयोजक महेन्द्र प्रसाद उपाध्याय ले जानकारी गराउनु भयो ।