अग्लुङ्गका विष्टकाे घरमा आगलागि : मदानेका अध्यक्ष कुँवरद्वारा आर्थिक सहयाेग

1.3K

अग्लुङ्गका विष्टकाे घरमा आगलागि : मदानेका अध्यक्ष कुँवरद्वारा आर्थिक सहयाेग

गुल्मीकाे मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुँवरले अग्लुङ्गका आगलागि पिडित प्रेम विष्टकाे परिवारलाई राहत स्वरुप आर्थिक सहयाेग गरेका छन् ।
मदाने गाउँपालिका वडा नं. १ अग्लुङ्ग ओख्ले निवासी प्रेम बिष्टकाे घरमा अचानक आगलागी हुँदा घरमा रहेका लत्ताकपडा, अन्नपात लगायतका सबैकुरा जलेर नष्ट भएका थिए ।  प्रेम बिष्ट वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेकाले घरमा श्रीमती इबासहित तीन छोरी र एक छोरा रहेकाे अवस्थामा भएको यस घटनाले परिवारलाई ठूलो संकटमा पारेकाे थियाे ।
आर्थिक तथा मानवीय संकटमा रहेकाे विष्ट परिवारलाई केही भएपनि राहत हाेस भन्ने हिसावले सहायता प्रदान गरिएकाे अध्यक्ष कुँवरले बताए । अध्यक्ष कुँवरले आगलागिपीडित विष्ट परिवारको घरमै पुगेर पालिकाबाट आफूले प्राप्त गर्ने सुविधा वापतकाे रकमबाट राहत स्वरुप १० हजार रुपैंया प्रदान गरेका हुन् ।
सहयोग रकम हस्तान्तरण गर्दै अध्यक्ष कुँवरले विपद्को बेला आफू सधैं नागरिकको साथमा रहने प्रतिबद्धता व्यक्त गरे । उनले पीडित परिवारलाई धैर्यधारण गर्न आग्रह गर्दै थप आवश्यक सहयोगका लागि पहल गरिने पनि बताए ।
नेपाली काँग्रेस मदानेका सभापति समेत रहेका कुँवरले पालिकाकाे अध्यक्ष भएदेखि नै पालिबाट आफूले प्राप्त गर्ने सुविधा वापतकाे रकम सिधै पार्टीकाे खातामा जाने व्यवस्था मिलाएका छन् । त्यसरी आएकाे पैसा पार्टी समितिकाे निर्णयमा गरिव तथा विपन्न परिवारमा राहत, स्वास्थ्य तथा शिक्षाकाे क्षेत्रमा प्रदान गर्दै आएका छन् ।