नेकपा एसबाट निर्वाचित वडाध्यक्ष एमालेमा फर्किए

1.3K

नेकपा एसबाट निर्वाचित वडाध्यक्ष एमालेमा फर्किए

एमालेबाट विभाजन भई बनेकाे नेकपा एसबाट निर्वाचित वडा अध्यक्ष एमालेमा फर्किएका छन् ।
तत्कालीन नेकपा एसबाट बुटवल उपमहानगरपालिका वडा नं २ मा वडाध्यक्षमा जितेका सुनिल शाक्यसहितका युवाहरुलाई एमाले उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नं २ मा एमालेका उम्मेदार विष्णु पौडेलले स्वागत गरेका छन् ।
एमाले उपाध्यक्ष पौडेलको उपस्थितिमा उनीहरुलाई एमाले प्रवेश गराईएकाे हाे । एमाले परिवारका सदस्यहरुसंग पुनर्मिलन र युवाहरुको साथले आफूलाई थप उत्साहित बनाएको उम्मेदवार पौडेलले बताएका छन् ।