इन्धन खपतमा मितव्ययी बन्न आग्रह : कालाेबजारी गरे कडा कारवाही

1.3K

इन्धन खपतमा मितव्ययी बन्न आग्रह : कालाेबजारी गरे कडा कारवाही

नेपाल आयल निगमले सम्भावित अन्तर्राष्ट्रिय संकटलाई ध्यानमा राख्दै इन्धन र एलपी ग्यास मितव्ययी रूपमा प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेको छ । बुधबार जारी विज्ञप्तिमा आवश्यक मात्रामा मात्रै इन्धन र ग्यास खरिद गर्न तथा अनावश्यक भण्डारण नगर्न भनिएको छ ।
निगमले मासिक एक सिलिन्डर प्रयोग गर्ने परिवारले अतिरिक्त ग्यास नभर्न, सम्भव भएसम्म खाना पकाउन विद्युतीय उपकरण प्रयोग गर्न र सवारीसाधनमा ‘राइड सेयरिङ’ अपनाउन सुझाव दिएको छ । हाल आपूर्ति नियमित रहेको जनाउँदै निगमले कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्नेहरूमाथि कडा कारबाही गरिने चेतावनी दिएको छ ।