प्रत्यक्षमा १८ क्षेत्र जितेको काँग्रेस ८२ क्षेत्रमा दोस्रो

1.3K

प्रत्यक्षमा १८ क्षेत्र जितेको काँग्रेस ८२ क्षेत्रमा दोस्रो

सम्पन्न प्रतिनीधि सभा सदस्य निर्वाचनमा १८ सिटमा खुम्चिएको नेपाली काँग्रेस संसदमा दोस्रो दल बनेको छ । सम्पन्न निर्वाचनमा प्रत्यक्ष तर्फ १८ निर्वाचन क्षेत्रमा जितेको नेपाली काँग्रेस ८२ स्थानमा दोस्रो भएको छ । निर्वाचन आयोगका अनुसार १६५ निर्वाचन क्षेत्रमध्ये नेपाली काँग्रेसले १८ निर्वाचन क्षेत्रमा जित निकालेर संसदमा दोस्रो दल बनेको हो ।
प्रत्यक्ष निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १२५ निर्वाचन क्षेत्रमा जितेर पहिलो र संसदको शक्तिशाली दल बनेको छ । प्रत्यक्ष तर्फ १८ सिटमा खुम्चिएको नेपाली काँग्रेस ८२ स्थानमा उपविजेता भएको हो । आयोगको तथ्यांकअनुसार नेकपा एमाले ४१ र नेपाली कम्युनिस्ट पार्टी १८ निर्वाचन क्षेत्रमा उपविजेता भएका छन् ।
त्यस्तै, रास्वपाले जित्न नसकेका ६ निर्वाचन क्षेत्रमा जनता समाजवादी पार्टी (जसपा) नेपाल दोस्रो बनेको छ । नयाँ दल श्रम संस्कृति पार्टी ४ क्षेत्रमा, राप्रपा, उज्यालो नेपाल पार्टी, नेपाल मजदुर किसान पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल संघीय समाजवादी पार्टी र स्वाभिमान पार्टी एक–एक क्षेत्रमा दोस्रो स्थानमा आएका छन् ।

समानुपातिक प्रणालीको समेत मतगणना सम्पन्न भईसकेको छ । जसमा क्रमशः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ३ प्रतिशतको थ्रेसहोल्ड कटाएर राष्ट्रिय दल बनेका छन् । निर्वाचनमा भाग लिएका ६८ दल मध्ये बाँकी दलले ३ प्रतिशतको थ्रेसहोल्ड कटाउन सकेनन् ।

नेपाली काँग्रेस उपविजेता भएका प्रदेश अनुसारका निर्वाचन क्षेत्रहरु :

१. कोशी प्रदेश (१२ निर्वाचन क्षेत्र) : ताप्लेजुङ–१, इलाम–२, झापा–१, धनकुटा, मोरङ–३, ४, ५, ६, सुनसरी–२, ३, ४, ओखलढुंगा ।
२. मधेश प्रदेश (१३ निर्वाचन क्षेत्र) : सप्तरी–४, सिराहा–१, धनुषा–२, ३, ४, सर्लाही–१, ४, रौतहट–४, बारा–१, ३, पर्सा–२, ३, ४ ।
३. बागमती प्रदेश (२० निर्वाचन क्षेत्र) : धादिङ–२, नुवाकोट–१, २, काठमाडौं–१, २, ४, ५, ६, ७, ९, १०, ललितपुर–१, २, ३, काभ्रे–१, २, सिन्धुपाल्चोक–२, मकवानपुर–१, चितवन–१, २ ।
४. गण्डकी प्रदेश (१२ निर्वाचन क्षेत्र) : गोरखा–१, २, कास्की–१, ३, तनहुँ–१, २, स्याङ्जा–१, २, नवलपरासी–१, बाग्लुङ–१, २, पर्वत ।
५. लुम्बिनी प्रदेश (१२ निर्वाचन क्षेत्र) : पाल्पा–२, रुपन्देही–१, ३, कपिलबस्तु–२, रोल्पा, प्युठान, दाङ–१, ३, बाँके–१, बर्दिया–२, नवलपरासी–१, २ ।
६. कर्णाली प्रदेश (३ निर्वाचन क्षेत्र) : दैलेख–२, सुर्खेत–२, रुकुम पश्चिम ।
७. सुदूरपश्चिम प्रदेश (१० निर्वाचन क्षेत्र) : अछाम–२, बझाङ, कैलाली–१, ४, ५, दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर–२, ३ ।