नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन कार्यक्रम स्थगित गरिएको छ । महासंघको ६०औँ वार्षिक साधारणसभा अन्तर्गत केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि तय गरिएको कार्यक्रम अदालतको आदेशपछि तत्कालका लागि रोकिएको हो ।
यसअघि सार्वजनिक गरेको तालिकाअनुसार निर्वाचन प्रक्रिया अघि बढिरहेको अवस्थामा निर्वाचन समितिले सूचना निकालेर उच्च अदालत पाटनबाट जारी आदेशका कारण कार्यक्रम स्थगित गरिएको जानकारी दिएका छ । अदालतले दायर भएको रिट निवेदनमाथि सुनुवाइ गर्दै विपक्षी संस्थाको साधारणसभा तथा निर्वाचनसम्बन्धी कार्यहरू तत्कालका लागि नगर्न अन्तरिम आदेश दिएको हो ।
अदालतको उक्त आदेश पछि अर्को सूचना जारी नभएसम्मका लागि निर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ ।