प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन् । शुक्रबार सम्पन्न निर्वाचनमा राप्रपाकी सरस्वती लामालाई पराजित गर्दै रुबि निर्वाचित भएकाे सभामुख डीपी अर्यालले सदनलाई जानकारी गराएका थिए ।
रुबीकुमारीलाई उनको दल श्रम संस्कृति पार्टीसँगै सत्तारुढ दलहरू रास्वपा, नेपाली काँग्रेस र नेकपाको समर्थन थियो ।
राप्रपाले एकल प्रतिस्पर्धा गरेको थियो भने नेकपा एमाले निर्वाचन प्रक्रियामा सहभागी भएन ।
निर्वाचनमा २५६ सांसद उपस्थित रहेकाेमा रुबीको पक्षमा २२९ मत परेको थियो । उनकाे विपक्षमा ५ मत परेको छ भने २२ सांसद तटस्थ बसेका थिए । प्रतिस्पर्धी उम्मेदवार लामाले जम्मा ५ मत प्राप्त गरेकी छन् ।