काँग्रेस संसदीय दलको नेतामा भिष्मराज आङ्देम्बे

1.3K

काँग्रेस संसदीय दलको नेतामा भिष्मराज आङ्देम्बे

नेपाली काँग्रेसले संसदीय दलको नतामा भिष्मराज आङ्देम्बेलाई सर्वसम्मत चयन गरेको छ । करिव ८ दशक लामो राजनीतिक इतिहास बोकेको काँग्रेसले पहिलो पटक आदिवासी समुदायबाट संसदीय दलको नेता चयन गरेको हो ।
प्रतिनीधि सभा निर्वाचन सम्पन्न भएको ५३ दिनमा काँग्रेसले ६१ वर्षीय आङ्देम्बेलाई संसदीय दलको नेता चयन गरेको हो । पाँचथरका आङ्देम्बे समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनीधि सभामा निर्वाचित भएका थिए ।
पार्टीका सहमहामन्त्री एवम् निर्वाचन समितिका संयोजक प्रकाश रसाइलीले सिंहदरवार स्थित संसदीय दलको कार्यालयमा सर्वसम्मत संसदीय दलको नेता चयन गरिएको घोषणा गरेका थिए ।
त्यसअघि सानेपामा बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकले आङ्देम्बेलाई सर्वसम्मत दलको नेता चयन गर्ने निर्णय गरेको थियो । संसदीय दलको कार्यालयमा भएको छलफलमा सांसदहरू कसैले पनि कार्यसम्पादन समिति बैठकले गरेको निर्णयप्रति असहमति जनाएनन् । उनीहरूले असहमति नजनाएपछि सहमहामन्त्री रसाइलीले आङ्देम्बेलाई सभापति थापाको उपस्थितिमा निर्विरोध दलको नेता घोषणा गरेका थिए ।