बुटवल यातायात प्रा.लि.को अध्यक्षमा पुनः श्रेष्ठ

1.3K

बुटवल यातायात प्रा.लि.को अध्यक्षमा पुनः श्रेष्ठ

बुटवलमा प्रधान कार्यालय रहेको बुटवल यातायात व्यवसायी प्रा.लि.को अध्यक्षमा पुनः रविन्द्रमान श्रेष्ठ निर्वाचित भएका छन् । उक्त प्रा.लि.को शुक्रबार बुटवलमा सम्पन्न पाँचौं साधारण सभा तथा अधिवेशनबाट सर्वसम्मत रुपमा सञ्चालक समिति चयन गरिएको हो ।
प्रा.लि.को चार वर्षे कार्यकालका लागि सात सदस्यीय सञ्चालक समितिमा श्रेष्ठसहित रामबहादुर शाही, दीपकप्रसाद श्रेष्ठ, कविन्द्रमान श्रेष्ठ, ज्ञानबहादुर सार्की, लालप्रसाद शर्मा र रमेश खड्का सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिका संयोजक अधिवक्ता अर्जुन कार्कीले जानकारी दिए । निर्वाचित सञ्चालक समितिले रविन्द्रमानलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।
त्यसैगरी बुटवल-नारायणगढ-हेटाैंडा रुट संयाेजकमा विनाेदसिंह ठकुरी, बुटवल-बासगढी-ढाेरपाटन-मेलढाप रुट संयाेजकमा लक्ष्मण परियार, बुटवल-बर्दघाट-शंकरपुर संयाेजकमा बालकुमार यादव, बुटवल-चन्द्राैटा-कृष्णनगर-दाङ संयाेजकमा विष्णुबहादुर खत्री, बुटवल-चारनम्बर-बनगाई संयाेजकमा केशव नेपाली, पत्थरकाेट-गाेरुसिंगे-खुनुवा-ताैलिहवामा शवप्रसाद पाण्डे, लामाेदुरीमा धनबहादुर भलामी, बुटवल-हरैया-भैरहवामा राजुकुमार लम्तरी तथा चारनम्बर-ताैलिहवा-पिपरा-अलिगढकाे संयाेजकमा सिद्धिमान गिरीलाई चयन गरिएकाे छ ।
नवनिर्वाचित सञ्चालक समितिका अध्यक्ष श्रेष्ठले व्यवसायीको लगानीको सुरक्षा र यातायात क्षेत्रमा रहेका समस्या समाधानका लागि पहल र पैरवी गर्ने सञ्चालक समितिको प्रमुख दायित्व रहेको बताए । उनले बुटवल यातायात प्रा.लि.लाई देशकै उत्कृष्ट यातायात सेवा प्रदायक संस्थाको रुपमा विकास गर्नेगरी काम गर्ने पनि प्रतिवद्धता व्यक्त गरे ।