रास्वपा रुपन्देहीको सभापतिमा चापागाई

1.3K

रास्वपा रुपन्देहीको सभापतिमा चापागाई

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीको सभापतिमा महेन्द्रप्रसाद चापागाई निर्वाचित भएका छन् । रास्वपा रुपन्देहीकाे आइतबार सम्पन्न पहिलाे अधिवेशनबाट चापागाईकाे नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएकाे हाे ।
राति प्राप्त मत परिणाम अनुसार चापागाईले २९६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी आशिष न्यौपानेले १४३ मत प्राप्त गरे । चापागाई यसअघि रास्वपाका प्रदेश सदस्य तथा प्रचार–प्रसार विभाग प्रमुखको जिम्मेवारीमा थिए भने न्यौपाने जिल्ला उपसभापतिको भूमिकामा रहेका थिए ।
उपसभापतिमा दुर्गाप्रसाद खनाल २३८ मत, सचिव पदमा ज्ञानेन्द्र पाण्डे २३७ मत, सहसचिव पदमा बाबुराम अर्याल २७९ मतसहित निर्वाचित भए ।
अधिवेशनबाट जिल्ला समिति सदस्य पदमा शर्मिला आचार्य, राजबहादुर क्षेत्री, अनिता पन्थी, रामनाथ हरिजन र जमुना सापकोटा निर्वाचित भएका छन् ।
यस्तै, क्षेत्रीय संयोजकतर्फ क्षेत्र नम्बर १ मा खडानन्द पौडेल, क्षेत्र नम्बर २ मा विष्णुप्रसाद पौडेल, क्षेत्र नम्बर ३ मा छविलाल शर्मा, क्षेत्र नम्बर ४ मा विश्वनाथ शर्मा र क्षेत्र नम्बर ५ मा शेषकान्त गैरे निर्वाचित भएका छन् ।