एनआईसी एशिया बैंकले आफ्नाे ग्राहकलाई घातक रोग बीमा वापतकाे दावी भुक्तानी गरेकाे छ । बैंकले ‘सर्वश्रेष्ठ बन्डल सहज बचत खाता’ योजना अन्तर्गत एक ग्राहकलाई घातक रोग बीमा वापत १० लाख रुपैयाँ प्रदान गरेको छ । बैंकले रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ निवासी लक्ष्छीमा ज्ञवालीलाई उक्त रकम हस्तान्तरण गरेको हो ।
बैंकको ड्राइभर टोल शाखामा ‘सर्वश्रेष्ठ बन्डल सहज बचत खाता’ सञ्चालन गरेकी ज्ञवालीलाई बैंकका बुटवल सर्कल हेड राजनप्रसाद पोखरेलले १० लाख रुपैयाँको चेक हस्तान्तरण गरे । बैंकका अनुसार खातासँग आबद्ध घातक रोग (क्रिटिकल इलनेस) बीमा सुविधाअन्तर्गत ज्ञवालीले उक्त राहत रकम प्राप्त गरेकी हुन् ।
कार्यक्रममा बोल्दै बैंकका बुटवल सर्कल हेड पोखरेलले ग्राहकलाई आकस्मिक तथा जटिल स्वास्थ्य समस्याको समयमा आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले यस्तो बीमा सुविधा उपलब्ध गराइएको बताए । बैंकिङ सेवा केवल बचत तथा कारोबारमा सीमित नरही ग्राहकको जीवनमा आइपर्ने चुनौतीपूर्ण परिस्थितिमा समेत साथ दिने लक्ष्यका साथ विभिन्न सुरक्षणमुखी योजना सञ्चालन गरिएको उनको भनाइ छ ।
एनआईसी एशिया बैंकले ‘सर्वश्रेष्ठ बन्डल सहज बचत खाता’ मार्फत ग्राहकलाई विभिन्न अतिरिक्त सुविधासहित बीमा सुरक्षा प्रदान गर्दै आएको छ । बैंकका अनुसार यस्ता बीमा सुविधाले गम्भीर रोगबाट प्रभावित ग्राहक तथा उनका परिवारलाई उपचार र अन्य आवश्यक खर्च व्यवस्थापनमा महत्वपूर्ण राहत पुग्ने अपेक्षा गरिएको छ । बैंकले आगामी दिनमा पनि ग्राहककेन्द्रित सेवा र सुरक्षणका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।