इन्धनको मूल्य घट्यो

1.3K

इन्धनको मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमका अनुसार गय राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा खाना पकाउने एलपी ग्यासको मूल्य घटाइएको हो ।
नयाँ व्यवस्थाअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ, डिजेलको मूल्य प्रतिलिटर ३० रुपैयाँ तथा एलपी ग्यासको मूल्य प्रति सिलिन्डर १ सय रुपैयाँले घटाइएको छ ।
निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको खरिद मूल्य घटेर आएपछि मूल्य समायोजन गरिएको जनाएको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी)बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ९ पैसा, डिजेल २९ रुपैयाँ ४६ पैसा, हवाई इन्धन २९ रुपैयाँ ४२ पैसा तथा एलपी ग्यासको खरिद मूल्यसमेत घटेको निगमले जनाएको छ ।
यस्तै, अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ काठमाडौंका लागि बिक्री मूल्य प्रति किलोलिटर २६५ अमेरिकी डलरले घटाइएको छ । पोखरा र भैरहवाका लागि भने ब्रेकइभेन बिन्दुमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ ।
नयाँ खुद्रा मूल्यअनुसार पहिलो वर्गमा पेट्रोल प्रतिलिटर १९४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९६ रुपैयाँ र तेस्रो वर्गमा १९७ रुपैयाँ कायम गरिएको छ । त्यस्तै डिजेल/मट्टितेलको मूल्य पहिलो वर्गमा १९२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९४ रुपैयाँ र तेस्रो वर्गमा १९५ रुपैयाँ प्रतिलिटर निर्धारण गरिएको छ । एलपी ग्यासको मूल्य प्रति सिलिन्डर २ हजार ६० रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।