काँग्रेस पार्टी कार्यालयमा ‘सुर्यप्रसाद प्रधान स्मृति पुस्तकालय’ स्थापना

1.3K

काँग्रेस पार्टी कार्यालयमा ‘सुर्यप्रसाद प्रधान स्मृति पुस्तकालय’ स्थापना

नेपाली काँग्रेसले बुटवल स्थित पार्टी कार्यालयमा काँग्रेस नेता स्वर्गीय सुर्यप्रसाद प्रधानको सम्झनामा ‘सुर्यप्रसाद प्रधान स्मृति पुस्तकालय’ स्थापना गरेको छ ।
नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. २ ले पार्टी कार्यालयमा उक्त पुस्तकालय स्थापना गरेको हो । उक्त पुस्तकालयको स्वर्गीय नेता प्रधानको १२ औं स्मृति दिवसको अवसरमा पार्टीका केन्द्रीय सदस्य रामबहादुर कार्की, जिल्ला सभापति रामकृष्ण खाण तथा क्षेत्रीय सभापति प्रजापाल गिरीले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
आधुनिक बुटवलका निर्माता नेपाली काँग्रेसका पुराना नेता स्व. सुर्यप्रसाद प्रधान २०५६ सालमा प्रतिनीधि सभा सदस्य निर्वाचित भएका थिए भने त्यस अंगाडि बुटवल उपमहानगरपालिकाको नगरप्रमुख समेत भएका थिए । बुटवल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष, लायन्स क्लव अफ बुटवलका संस्थापक अध्यक्ष समेत रहेका स्व. सुर्यप्रसाद प्रधानलाई सरल र इमान्दारिता निष्ठावान नेताका रुपमा लिईन्छ । यस क्षेत्रको राजनीतिक, सामाजिक तथा पुर्वाधान विकासको जग बसालेका प्रधानको सबै राजनीतिक दलका नेताहरुले मुक्तकण्ठले प्रशंसा गर्दछन् ।

पुस्तकालय उद्घाटन कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य रामबहादुर कार्कीले पार्टीलाई वैचारिक रूपमा थप सुदृढ बनाउन पुस्तकालयले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले स्वर्गीय सूर्यप्रसाद प्रधानले पार्टी संगठन निर्माण, लोकतान्त्रिक आन्दोलन र समाजसेवामा पु¥याएको योगदान सधैं स्मरणीय रहिरहने बताउँदै उहाँको आदर्शलाई नयाँ पुस्ताले अनुसरण गर्नुपर्ने धारणा राखे ।
त्यस्तै नेपाली काँग्रेस रूपन्देहीका सभापति रामकृष्ण खाणलेले पुस्तकालय ज्ञान, अध्ययन र वैचारिक विकासको केन्द्र बन्ने विश्वास व्यक्त गरे । उनले पार्टीका नेता तथा कार्यकर्ताले अध्ययन संस्कृतिलाईआत्मसात गर्दै संगठनलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
क्षेत्रीय सभापति प्रजापाल गिरीको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य बालकुमारी भण्डारी, बुटवल नगर सभापति खेलराज पाण्डे, बुटवल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष जीवनप्रसाद वझा, काँग्रेस लुम्बिनी प्रदेश क्षेत्रीय सभापति चिन्तामणी भुसाल, क्षेत्रीय सचिव बिमलराज भट्टराई लगायतले स्वर्गीय प्रधानले पार्टी र समाजका लागि पुर्याएको योगदान प्रेरणादायी रहेको उल्लेख गर्दै सबैलाई लोकतान्त्रिक मूल्य र आदर्शप्रति प्रतिबद्ध रहन प्रेरित गर्ने औंल्याएका थिए । त्यस अवसरमा स्वर्गीय सूर्यप्रसाद प्रधानप्रति श्रद्धाञ्जलीअर्पण गर्दै दीप प्रज्वलन गरिएको थियो ।