प्रतिकूल मौसमका कारण काँग्रेस रुपन्देहीको निर्वाचन कार्यक्रम फेरबदल

1.3K

प्रतिकूल मौसमका कारण काँग्रेस रुपन्देहीको निर्वाचन कार्यक्रम फेरबदल

नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रुपन्देहीमा तय गरिएको निर्वाचन कार्यक्रम प्रतिकूल मौसमका कारण फेरबदल गरिएको छ ।
नेपाली काँग्रेस रुपन्देही जिल्ला निर्वाचन समितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार यसअघि २०८३ असोज ११ र १३ गतेका लागि तय गरिएको निर्वाचन कार्यक्रम स्थगित गरी नयाँ मिति निर्धारण गरिएको हो ।
जिल्ला निर्वाचन अधिकृत अधिवक्ता रामचन्द्र गौतमद्वारा जारी विज्ञप्तिमा केन्द्रीय निर्वाचन समितिको समन्वयमा निर्वाचन कार्यक्रम स्थगित गरी प्रदेश सभा क्षेत्रीय अधिवेशन २०८३ असोज १२ गते र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन २०८३ असोज १४ गते गर्ने निर्णय भएको उल्लेख छ ।
यसअघि तय गरिएको निर्वाचन कार्यक्रमअनुसारका गतिविधि प्रतिकूल मौसमका कारण प्रभावित हुने भएपछि नयाँ कार्यतालिका सार्वजनिक गरिएको निर्वाचन समितिले जनाएको छ ।
जिल्ला निर्वाचन समितिले संशोधित कार्यतालिकाअनुसार आवश्यक तयारी गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ ।