बुटवल उद्योग वाणिज्य संघमा आगामी कार्यकालका लागि नरिश्वर शर्मा पौडेल नेतृत्वको उम्मेदवारहरुको टिम घोषणा गरिएको छ । उक्त टिमले बुधबार बुटवलमा पत्रकार सम्मेलन गरेर टिम सार्वजनिक गरेको छ ।
यहि असोज २३ देखि २६ सम्म हुने संघको ७३औं वार्षिक साधारण सभा तथा २६औं अधिवेशनबाट नेतृत्व लिनका लागि अध्यक्षमा उद्योगी नरिश्वर शर्मा पौडेलको नेतृत्वमा बनेको टिमबाट वरिष्ठ उपाध्यक्षमा सुरज भट्टराई, उद्योग उपाध्यक्षमा निर्मित कसजू, वाणिज्य उपाध्यक्षमा बाबुराम विश्वकर्मा, महासचिवमा बसन्तप्रसाद ढकाल, कोषाध्यक्षमा प्रतिक पोखरेल, सचिवमा दीपकप्रसाद चापागाई र सहकोषाध्यक्षमा कमला पोखरेल (मञ्जु पराजुली रहेका छन् ।

त्यसैगरी कार्यसमिति तर्फ १ एसोसियट सदस्य पदमा भानुभक्त खत्री, ४ उद्योग सदस्य पदमा सुनिता वञ्जाडे, कृष्णप्रसाद पाण्डे, ज्ञानबहादुुर पुन र लेखनाथ भण्डारी, ४ वाणिज्य सदस्यमा गणेशप्रसाद भट्टराई, उमेश अमात्य, जगन्नाथ न्यौपाने र रामबहादुर भण्डारीको उम्मेदवारी घोषणा भएको छ ।
त्यसैगरी २ महिला सदस्य पदमा रेनु श्रेष्ठ र मञ्जु पुरी गिरी तथा ७ खुल्ला सदस्य पदमा विष्णु घिमिरे पन्त (कमला), दीपक घिमिरे, प्रदिप शाक्य, अलिम दिन, कृष्ण श्रेष्ठ (कुलप्रसाद), शिवदेव अर्याल र विष्णु उपाध्यायको उम्मेदवारी घोषणा गरिएको छ ।