बुटवल उद्योग वाणिज्य संघमा गैरे नेतृत्वको टिम घोषणा

1.3K

बुटवल उद्योग वाणिज्य संघमा गैरे नेतृत्वको टिम घोषणा


बुटवल उद्योग वाणिज्य संघमा आगामी कार्यकालका लागि टंकप्रसाद गैरेको नेतृत्वमा उम्मेदवारहरुको टिम घोषणा गरिएको छ । उक्त टिमले बिहिबार बुटवलमा पत्रकार सम्मेलन गरेर टिम सार्वजनिक गरेको हो ।
यहि असोज २३ देखि २६ सम्म हुने संघको ७३औं वार्षिक साधारण सभा तथा २६औं अधिवेशनबाट नेतृत्व लिनका लागि अध्यक्षमा मौजुदा समितिका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरेको नेतृत्वमा बनेको टिमबाट वरिष्ठ उपाध्यक्षमा विमलराज भट्टराई, उद्योग उपाध्यक्षमा दिनेश श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा मुक्तिप्रसाद अधिकारी, महासचिवमा जमुना पौडेल, कोषाध्यक्षमा टिकाराम वञ्जाडे, सचिवमा काशिराम शर्मा पौडेल र सहकोषाध्यक्षमा जाकिर हुसेन रहेका छन् ।
त्यसैगरी कार्यसमिति तर्फ १ एसोसियट सदस्य पदमा बालकृष्ण पौडेल, ४ उद्योग सदस्य पदमा दीपक बास्ताेला, गाेपाल टण्डन, प्रबिन्द्र गाेविन्द श्रेष्ठ र ज्ञानप्रसाद खनाल, ४ वाणिज्य सदस्यमा मनिष कुमार ह्याेजु, मिलनकुमार भारी, राजेश भट्टराई र सुनिता गिरीकाे उम्मेदवारी घोषणा भएको छ ।
त्यसैगरी २ महिला सदस्य पदमा सुकमाया श्रेष्ठ ध्वजु र सुस्मा केसी तथा ७ खुल्ला सदस्य पदमा बिजयकुमार बर्णवाल, गण्शप्रसाद सेढाई, सुनिता अर्याल, जनक श्रेष्ठ, गाेपाल बस्याल, सुशिलप्रसाद श्रेष्ठ र ठाकुर घिमिरेको उम्मेदवारी घोषणा गरिएको छ ।