कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यले आज शपथ लिँदै

1.3K

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यले आज शपथ लिँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यले आज शपथ ग्रहण गर्दैछन् ।
केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा शपथ ग्रहण समारोह आयोजना गरिएको छ ।
असोज १८ देखि २३ गतेसम्म सम्पन्न महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले भने असोज ३१ गते फूलपातीका दिन नै शपथ ग्रहण गरी पदबहाली गरिसकेका छन् । निर्वाचन समितिले सोमबार सूचना जारी गर्दै सभापतिबाहेकका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई समारोहमा उपस्थित हुन आग्रह गरेको थियो ।
महाधिवेशनबाट थापाको नेतृत्वमा २३१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भएको छ । पार्टी विधानअनुसार केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुने छ । बाँकी ६६ सदस्य सभापतिले मनोनीत गर्ने प्रावधान छ । मनोनीत सदस्य चयनका विषयमा छलफल गर्न आजै केन्द्रीय कार्यसमिति बैठक बस्ने तयारीसमेत गरिएको छ ।