मानव अधिकार तथा शान्ति समाज रुपन्देहीमा नयाँ नेतृत्व : सभापतिमा ज्ञवाली

1.3K

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीमा नयाँ नेतृत्व : सभापतिमा ज्ञवाली

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको सभापतिमा कपिल ज्ञवाली चयन भएका छन् । आइतबार बुटवलमा सम्पन्न समाजको २७औँ साधारण सभाले ज्ञवालीको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो ।
नवनिर्वाचित समितिको उपसभापतिमा कृष्णप्रसाद पाण्डे, सचिवमा लिलाधर लुइँटेल, सहसचिवमा सीता पौडेल र कोषाध्यक्षमा मोतिलाल न्यौपाने चयन भएका छन् ।
त्यस्तै, सदस्यहरूमा अर्जुनबहादुर कुँवर, दिनेशमणि सुवेदी, विष्णु शर्मा, उमा देवकोटा, कल्पना रसाइली, सीता पोखरेल र गंगा गैरे चयन भएको निर्वाचन समितिले जनाएको छ ।