तिलोत्तमामा अर्जुनले नचाए दर्शक

1.3K

तिलोत्तमामा अर्जुनले नचाए दर्शक

तिलोत्तमामा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा गायक अर्जुन सापकोटाले आफ्नो सांगीतिक प्रस्तुतिमार्फत दर्शकलाई भरपूर मनोरञ्जन दिएका छन् ।
तिलोत्तमा उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालित मेलामा बुधबार सापकोटाले आफ्ना लोकप्रिय गीत प्रस्तुत गर्दा दर्शकले संगै गाउदै नाचेर साथ दिएका थिए ।
उनका सर्वाधिक चर्चित गितहरु झलिको, बस्याै अलक्कै, पछ्याैरी लिसियाे, वनकी चरी अगायतका थुप्रै गित गाएर दर्शकलाई भरपुर मनाेरञ्जन प्रदान गरेका थिए । उनका गीतमा दर्शक झुमेका थिए भने मेला परिसर संगीतमय बनेको थियो ।
लोक तथा आधुनिक शैलीका गीतमार्फत दर्शकमाझ लोकप्रिय सापकोटाको प्रस्तुतिले मेलाको सांगीतिक माहोल थप उत्साहपूर्ण बनाएको थियो ।
मंसिर ३ गतेदेखि सुरु भएको मेला मंसिर १६ गतेसम्म सञ्चालन हुनेछ । मेलामा व्यापारिक तथा औद्योगिक प्रदर्शनीसँगै दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारका सांगीतिक प्रस्तुति पनि समावेश गरिएको छ ।