विद्यालय स्तरीय टेवलटेनीस हुँदै

643

विद्यालय स्तरीय टेवलटेनीस हुँदै

copyrightबुटवल, २९ बैशाख । रोट्रयाक्ट क्लव अफ तिलोत्तमा बुटवल स्थापनाको पूर्व सन्ध्यामा बुटवलमा बिद्यालय स्तरीय टेवलटेनीस प्रतियोगिता आयोजना गरिएको छ । रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीको सक्रियतामा स्थापना हुन लागेको सो प्रस्तावित क्लवले यहि बैशाखको ३१ र जेठ १ गतेगरी दुई दिन रोट्रयाक्ट अन्तर बिद्यालय टेवल टेनिस प्रतियोगिता गर्न लागेको हो ।
कक्षा एकदेखि एसएलसी दिएर बसेका बिद्यार्थीलाई ४ ग्रुपमा बिद्यार्थीलाई विभाजन गरिने छ । जस अन्तरगत सिंगलमा कक्षा एकदेखि ५ सम्म, कक्षा ६ र ७, कक्षा ८ देखि एसएलसी दिएर बसेका बिद्यार्थी र डवलल्स गरी ४ वटा ईभेन्टमा विभाजन गरिएको र छात्र÷छात्रालाई छुट्टा छुट्टै प्रतिस्पर्धा गराईने रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीका सदस्य तथा कार्यक्रम संयोजक धिरेन्द्र तुलाधरले जानकारी दिनुभयो ।
बुटवल उपमहानगरपालिका वार्ड नं. ३ स्थित जितगढी तेक्वान्डो डोजाङ्मा हुने प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हुने बिद्यार्थीलाई कप र मेडल प्रदान गरिने छ भने उत्कृष्ट बिद्यालयलाई समेत पुरस्कृत गरिने उहाँले बताउनु भयो ।