
बुटवल, ११ भदौं । नेपाली कांग्रेस दोभान गाउ समितिको आयोजनामा कार्यकर्ता प्रशिक्षण तथा अन्र्तक्रिया गरेको छ । गाउ समितिका अध्यक्ष लालबहादुर थापाको अध्यक्षतामा आज दोभानमा भएको कार्यक्रममा बोल्दै कांग्रेस नेता तथा जिल्ला सभापति बिरबहादुर रानाले पार्टीलाई एक ढिक्का बनाएर लैजानका लागि गाउ स्तरबाट नै दवाव दिनुपर्ने बताउनुभयो ।
उहांले गाउ स्तरमा भएका विकास निर्माणका कामलाई प्रभावकारी रुपमा अगाडि बढाउन कांग्रेसले सक्रिय भूमिका निभाउने उल्लेख गर्नुभयो । उहांले कार्यकर्तालाई पनि विकासको काममा चनाखो राख्न आग्रह गर्नुभयो । कार्यक्रममा जिल्ला सचिव झपेन्द्र गैरे र सदस्य महेन्द्र प्रसाद पाण्डेले कार्यकर्तालाई प्रशिक्षण दिनु भएको थियो ।
कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरेकालाई पार्टी प्रवेश गराइएको थियो । गाउ समिति सचिव बिष्णु प्रसाद पाण्डको सञ्चालनमा भएको कार्यक्रममा पूर्व सभापति पदमलाल शाक्य, रुप कुमार रायमाझी, सन्तोष कुमार शेरचन लगायतले बोल्नु भएको थियो ।