राममणिमा तीजगीत प्रतियोगिता

1.3K

राममणिमा तीजगीत प्रतियोगिता

Rammani Teej 2

मणिग्राम, १७ भदौ । रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा तीजगीत प्रतियोगिता आज सम्पन्न भएको छ ।

क्याम्पसका विभिन्न कक्षा एवम् तहका विद्यार्थीबीच भएको प्रतियोगितामा कक्षा १२ विज्ञान समूह पहिलो, कक्षा १२ शिक्षा समूह दोस्रो र कक्षा ११ विज्ञान समूह तेस्रो भएका थिए ।

दिवा संयोजक नोवराज तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख मोहनराज शर्माले विद्यार्थीमा साँस्कृतिक पक्षको जानकारीसहित प्रतिस्पर्धी र मनोरञ्जनात्मक सृजनशीलताका लागि कार्यक्रम गरिएको बताउनुभयो ।

प्रशासकीय अधिकृत मुक्तिनाथ गैह्रेको सञ्चालनमा भएको कार्यक्रममा प्राध्यापक, कर्मचारी र विद्यार्थीबीच संयुक्त गीत–नृत्य एवम् अप्रतियोगी सांगीतिक सृजना समेत प्रस्तुत गरिएका थिए ।