तीन टुक्रा पारेको शव बोरामा

1.3K

तीन टुक्रा पारेको शव बोरामा

hatya

विराटनगर, २१ भदौ । विराटनगर–१३ शान्तिचौकस्थित एक घरमा आज टुक्रा पारेर बोरामा राखिएको एक युवकको शव फेलापरेको छ ।

धारिलो हतियारले तीन टुक्रा पारेर बोरामा राखेको अवस्थामा शव बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शव पहिचान हुन नसकेको र घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेकाले थप जानकारी तत्काल गराउन नमिल्ने प्रहरीले जनाएको छ ।

स्थानीय व्यक्तिको घरमा भाडा लिएर बसेका चार युवकमध्ये एक जनाको हत्या भएको हुनसक्ने स्थानीयले आशङ्का गरेका छन् । रासस