भैरहवा, २२ भदौ । नेपाली कांग्रेस रुपन्देहीले अनुशासन समिति गठन गरेको छ । भैरहवा स्थित पार्टी कार्यालयमा बुधवार बसेको आठौ बैठकले सुनील प्रसाद मरासिनीको सयोजकत्वमा तीन सदस्यीय अनुशासन समिति गठन गरेको हो ।
समितिका सदस्यहरुमा माया गौतम र एकवाल खानँ रहेका छन् । कांग्रेसको नियमावली ६८ को ४३ कमा भएको ब्यबस्था अनुसार अनुशासन समिति गठन गरिएको नेपाली काग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाणँले जानकारी दिनुभयो ।
समितिले पार्टीको अनुशासनमा रहे नरहेको अनुगमन गरी कार्वाहीका लागि केन्द्रीय अनुशासन बिभागमा सिफारीस गर्ने छ । यस्तै बैठकले वीपी कोईरालाको १ सय २ औ जन्म जयन्ती आगामी भदौ २४ गते भैरहवा स्थित पार्टी कार्यालयमा मनाउने निर्णय समेत गरेको छ ।
नेपाली कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकको सभापतित्वमा बसेको बैठकले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं रुपन्देही क्षेत्र नं ३ का सभासद बालकृष्ण खाणँ नेपाल सरकारको रक्षामन्त्रीमा नियुक्ती भएको बधाई ज्ञापन गर्दै सफल कार्याकालको शुभकामना समेत दिएको छ ।
यस्तै ११ औ महाधिवेशनबाट नेपाल बिद्यार्थी सघमा रुपन्देहीबाट निर्वाचीत उपाध्यक्षमा प्रकाश राना, केन्द्रीय सदस्य लेखनाथ भट्टराई, टंक पाण्डे तथा चौथो अधिवेशनबाट सोम बहादुर गुरुङ(सेते) को अध्यक्षतामा निर्वाचीत तरुणदल रुपन्देहीको कार्यसमितिलाई पनि बधाई दिने निर्णय काग्रेसले गरेको छ ।