राम प्रसाद भण्डारी/
बुटवल, २५ भदौ । नेपाल भेटेरिनरी बिक्री प्रतिनिधी संघ बुटवलको दोस्रो अधिवेशन आज सौं फर्साटिकरमा सम्पन्न भएको छ ।
अधिवेशनले महेश श्रेष्ठ अध्यक्ष रहेको नयां कार्य समिति चयन गरेको छ । जसको बरिष्ठ उपाध्यक्षमा बसन्त तिमिल्सिना, सचिवमा रामहरी न्यौपाने रहनु भएको छ ।
त्यसैगरी सदस्हरुमा दिपक घिमिरे , रिसाब मल्ल,हुमाकान्त लम्साल,बिसाल पाण्डे,श्रिराम थारु रहनु भएको छ । पवन घिमिरेको अध्यक्षता जीबन प्रकाश भट्टराईको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा सुरेस पौडेलको स्वागत रअर्जुन खनालको संचालनमा कार्यक्रम भएको हो ।